स्याङ्जा, ४ जेठ । वालिङका कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका वडा नं ९ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मुत्यु भएको हो । उहाँलाई बैशाख २३ गते क्रोरोना पुष्टि भएको थियो ।
त्यसै गरी पछिल्लो २४ घण्टामा जिल्लामा ४३ महिला र ४३ जना पुरुष गरी थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI