स्याङ्जा, २१ बैशाख । स्याङ्जाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका १ जना, भीरकोट नगरपालिकाका १ जना, चापाकोट नगरपालिकाका १ जना र पुतलीबजार नगरपालिकाका ११ जना गरी थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
अहिले जिल्लामा देखिएका कोरोना संक्रमितहरुलाई व्यक्तिगत सुरक्षाका सबै मापदण्डहरु अपनाएर होम आइसोलेसनमा राखेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ भने आज देखिएको कोरोना संक्रमित सबै कन्ट्रायक ट्रेसिङबाट पहिचान गरिएको हो ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI