फाइल फोटो |
फोहरमैला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट भई पटक–पटक पुरस्कृत भइसकेको सो नगरपालिकाले फोहरमैला व्यवस्थापनका क्षेत्रमा उदाहरणीय काम गरेसँगै दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनको अन्तिम तयारी गरेको हो ।
घर–घरमा सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूखुशी फाल्ने गरेका कारण ढल तथा खोलानाला पानीका स्रोत प्रदूषित हुन गएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“अहिले घर–घरमा निर्माण भएका सेफ्टीट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्कीमात्रै हुन्”, नगरप्रमुख खाँणले भन्नुभयो, “भरिएपछि अन्यत्रै लगेर फाल्नुपर्ने अवस्थाको अन्त्य गरी अब नगरपालिकाले बनाएको प्लान्टमा व्यवस्थापन गरी बायोग्यास तथा कम्पोष्ट मल बनाउनेछौँ ।”
नगरभित्रका खानेपानी तथा अन्य खोला नदीका पानीका स्रोतमा ‘कोलिफर्म’ अत्यधिक मात्रामा देखापरेकाले पानी प्रदूषित भई अनेक खालका महामारीजन्य रोग उत्पन्न हुनसक्ने भएकाले जनस्वास्थ्यलाई मध्यनजर गरी प्लान्ट निर्माण गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले नेपाल नगरपालिका सङ्घसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रमअन्तर्गत निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
“प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने योजनासहित अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “अब छिट्टै सञ्चालनमा आउने यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।”
देशका शहरोन्मुख क्षेत्र तथा ठूला शहरमा फोहरमैला व्यवस्थापन अहिले चुनौतीका रूपमा देखापरिरहेको छ । फोहरमैला व्यवस्थापनसँगै नगरपालिकाले बिक्रीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आइरहेको छ । “सबै वस्तु एकै ठाउँमा मिसायौँ भने फोहर हो”, उहाँले भन्नुभयो, “स्रोतमै वस्तु अलग–अलग ग¥यौँ भने त्यो फोहर नभई आम्दानीको स्रोत हो ।”
दिसापिसाबको व्यवस्थित सङ्कलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणालीअन्तर्गत सङ्कलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेका छन् । नगरपालिकाले फोहरमैला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न सङ्घसंस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।
घर–घरमा निर्माण भएका सेफ्टीट्याङ्की तथा खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकामा अब प्लान्ट सञ्चालनमा आएपछि व्यवस्थित हुने प्राविधिक सहयोग गर्दै आएको वातावरण जनस्वास्थ्य संस्था ९एन्फो० का परियोजना संयोजक बुद्ध बज्राचार्यले बताउनुभयो । नेपाल नगरपालिका सङ्घको सहयोगमा सो नगरपालिकासहित लहान, धुलिखेल, लमही र भीमदत्त नगरपालिकामा यसप्रकारको प्लान्ट निर्माण गरिने भएको हो ।
“छ हजार लिटर क्षमताको प्लान्ट निर्माणको तयारी अन्तिम चरणमा छ”, परियोजना संयोजक बज्राचार्यले भन्नुभयो, “प्लान्टबाट निस्कने बायोग्यास, कम्पोष्ट मल तथा पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिनेछ ।” निजी केही व्यवसायीले व्यवस्थापनमा काम गर्दै आए पनि अब प्लान्ट निर्माणसँगै नगरवासीलाई थप सहज र सस्तो पर्ने भएपछि स्थानीयवासी खुशी छन् ।
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI